गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

विश्वकप फुटबल २०२२ को अफिसियल बल सार्वजनिक

दोहा, आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा आयोजना हुन लागेको फिफा विश्वकप फुटबलको अफिसियल बल सार्वजनिक गरिएको छ । उक्त बल विश्व प्रसिद्ध खेल सामाग्री निर्माता कम्पनी एडिडासले बनाएको हो । आगामी विश्वकपमा खेलाइने अफिसियल बल सार्वजनिक गरेको हो । एडिडासले

उक्त बललाई ‘अल रिहला’ नाम दिइएको छ । अल रिहलाको अर्थ ‘दी जर्नी तथा नेपाली भाषामा यात्रा भन्ने हुन्छ ।अल रिहलाले कतारको अद्वितीय वास्तुकला, ‘प्रतिष्ठित’ डुङ्गाहरू र राष्ट्रिय झण्डाबाट प्रेरणा लिएर बलको डिजाइन गरिएको छ ।

विश्वकपको अबको संस्करण २२औं संस्करण हो । यो प्रतियोगिता आगामी नोभेम्बर महिनाको २१ तारिखमा शुरु भै डिसेम्बर १८ मा सकिनेछ । यस संस्करणको विश्वकपका लागि अहिलेसम्म आयोजक राष्ट्र कतारसहित संसारका २७ वटा राष्ट्रहरु छनोट भइसकेका छन् । आगामी विश्वकपको लागि ड्र भने आगामी शुक्रबार हुने बताइएको छ ।

अहिले सार्वजतिक गरिएको बल अल रिहलाले अघिल्लो विश्वकपको कुनै पनि बलको तुलनामा हावामा छिटो चल्न सक्ने र ‘खेलको मैदानमा उच्च स्तरको सटीकता र विश्वसनीयता’ प्रदान गर्ने कुरा अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

पात्रो

ताजा अपडेट

लग इन