दोहा, यो बर्ष हुने फिफा विश्वकप फुटबलको आयोजना कतारमा हुन गैरहेको छ । कतारमा आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने संचालन हुने विश्वकप फुटबल खेल्ने ३१ वटा देशको टुंगो लागेको छ । यस प्रतियोगिता छनोटमा गएराती भएको खेलमा न्युजिल्याण्डलाई १(० ले हराएर कोस्टारिका विश्वकपमा स्थान बनाउने अन्तिम टोली बन्न सफल भयो । यो खेलको समूह ‘ई’ मा कोस्टारिका परेको छ तर उसलाई यो समूह निकै कठिन यात्रा हुनेछ । यस समूहमा स्पेन, जर्मनी र जापान जस्ता देशहरु रहेका छन् ।
यस पटकको प्रतियोगितामा युरोपबाट सर्वाधिक १३ राष्ट्रहरु छनोट भएका छन भने एसियाबाट पहिलो पटक ६ वटा राष्ट्रहरुले विश्वकपमा सहभागिता जनाउँदैछन् । त्यसैगरि अफ्रिकाबाट ५ वटा देशहरु तथा दक्षिण अमेरिकाबाट ४ देशहरुले यो विश्वकप खेल्नेछन् ।
यस पटकको संस्करणका लागी कतारका ५ वटा शहरहरुमा रहेका ८ वटा खेल मैदानहरुमा यी खेलहरु खेलाइनेछन् ।
यो प्रतियोगिताको उद्घाटन खेल समूह ‘ए’ मा रहेका दुइ देश नेदरल्यण्ड्स र सेनेगलका बिचमा हुनेछ ।
विश्वकप फुटबल खेल्ने ३२ देश तथा समूह विवरण यस प्रकार रहेको छ ।
समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स
समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया
समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन, समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना