काठमाडौं । निर्वाचन आयोगले राजधानीका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने जनाएको छ ।
यसका लागी निर्वाचन आयोगले अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको जनाएको छ । यस प्रणालीलाई शुरुमा परीक्षणका लागि राजधानीका तीन जिल्लामा भोली असार २९ गतेदेखि सुरु गर्ने निर्णय भएको कुरा आयोगलो जनाएको छ ।
आयोगका अनुसार हालसम्म फोटोसहितको नामावली दर्ता नगरेका नेपाली नागरिकहरुले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो व्यक्तिगत विवरण भर्नुपर्नेछ । ततपस्चात उपत्यकाका ३ जिल्लामा रहेका निर्वाचन आयोगको कार्यालयमा गएर पेश गर्नु पर्नेछ ।
त्यसरी पेस गरेपछि अनलाइन फाराममा उल्लेखित संकेत नम्बरसहितको प्रिन्ट कपी तथा यसका लागी आवश्यक अन्य प्रमाण लिएर फोटो खिच्न तथा औंठा छाप दिनका लागी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्ने आयोगले जनाएको छ ।