गुल्मी, १८ बैशाख
मदाने गाउँपालिका ३ सिर्नेनीका प्रेम केसी । नेकपा एमालेको तर्फबाट मदाने गाउँपालिकाको प्रमुख पदका उमेदवार हुन् । ३९ बर्षीय युवा केसीको उमेद्वारीले मदानेका नागरिकमा छुट्टै आशा र रौनक छाएको छ । केसी ०५३ सालदेखि जिरी प्राथमिक शिक्षालय दोलखामा ०६० सम्म स्ववियू सभापति, दुई कार्यकाल गुल्मी–काठमाडौँ सम्पर्क मञ्चको सचिव भएर काम गरेका छन् । उनी एक कार्यकाल मदाने गाउँ कमिटी सचिब, जिल्ला कमिटी सदस्य हुँदै अहिले मदाने गाउँकमिटी अध्यक्ष थिए । केसी युवा कृषक पनि हुन् । उनले सिर्सेनीमा व्यावसायी कृषि खेती मार्फत थुप्रै युवाहरुलाई स्वदेशमै केहि गर्न सकिन्छ भनेर देखाएका छन् । गाउँका बृद्ध, असाहय, युवा तथा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका केसीले मदानेको कृषि पर्यटन र उद्यम मार्फत युवाहरुको भविष्य देखेका छन् ।
निर्माणका योजनामा जनसहभागिता, सुशासन र नागरिकमैत्री सेवा विस्तार, भ्रष्टचारलाई शुन्यमा झार्ने, कृषिमा आधुनिकरण र व्यावसायीकता, गुणस्तरिय शिक्षामा जोड, गाउँगाउँमा आधारभुत स्वास्थ्य सेवाको पहुँच विस्तार, एक घर एक धारा, खरका छाना बिस्थापन अभियानलाई निरन्तरता दिने आगामी योजनाका साथ गाउँपालिका प्रमुखमा केसी र उपाध्यक्ष सरिता खड्कासहित सवै पदका उमेद्वार गाउँ–गाउँमा चुनावी दौडमा छन् ।
भएका सडकको स्तरउन्नती, १५ शैयाको अस्पताल निर्माणको पूर्णता र कंके देउरालीको पर्यटन प्रर्वद्धन अरु स्थानमा पर्यटन पुर्वाधार विकास गर्ने योजना केसीसहितका उमेद्वारको रहेको छ । एमालेकै गाउँपालिका प्रमुख दान बहादुर केसी र उपप्रमुख सरिता खड्का नेतृत्वका जनप्रतिनिधीले जिल्लाको विकट भनेर चिनिने मदाने गाउँपालिकाका विभिन्न वडामा सडक पहुँच विस्तार, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधारमा महत्वपूर्ण काम गरेका छन् । खरका छाना मुक्त मदाने गाउँपालिका घोषणा गरिएको छ । एक घर एक धारा अभियान, उज्यालो पालिका अभियान कार्यान्वयनमा रहेको छ ।