गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

मदाने १ अग्लुङ्गमा प्रेम र शुशिलमा कस्ले बाजि मार्ला ? यस्तो छ आंकलन ?

विवश विष्ट,गुल्मी(अग्लुङ्ग) – मदाने गाउँपालिका वडा नम्वर १ को अध्यक्ष पदमा नेकपा एमाले र गठबन्धनको बलियो प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेकपा एमालेको तर्फबाट मदाने १ को वडा अध्यक्ष समेत भएका प्रेम चन्द बोहोरालाई पार्टीले पुनः टिकट दिएर उम्मेदवार दिएका छन भने सत्ता गठबन्धनको तर्फबाट नेपाली काङग्रेसका सुशील चन्द चुनावको मैदानमा होमिएका छन । नेकपा एमालेको पकट क्षेत्र भएकाले एमालेले पुनः जित्न तम्सिएको छ । साथै नेकपा एमालेका उम्मेदवार प्रेम चन्द बोहोराले ५ बर्षको अवधिमा गरेका विकास निर्माणका कार्यहरुले गर्दा आफू यस पटक पनि विजय हुने दाबी गर्दछन भने यता सत्ता गठबन्धनका उम्मेदवार सुशील चन्दले पनि जितको नजिक रहेको आफ्नो जित सुनिश्चित रहेको बताएका छन । सानै उमेरदेखी समाजसेवामा होमिएका चन्दले अग्लुङ्गमा थुप्रै समाजसेवाका कार्य गर्दै आएका छन । सत्ता गठबन्धनमा नेपाली काङ्ग्रेस,नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी एक ढिक्का भएर लागेका छन । राप्रपाको पुराना नेता समेत रहेको अग्लुङ्गमा राप्रपाका कार्यकर्ता थुप्रै रहेकोले पनि गठबन्धनको जित सम्भावना देखिन्छ  । 
 
नेकपा एमालेबाट खुल्ला सदस्यमा शेर बहादुर खत्री, हर्क बहादुर खत्री सँग गठबन्धनबाट खुल्ला सदस्यमा राप्रपाका भगत चन्द र माओवादीका युवराज चन्द भिड्दै छन । यस्तै दलित सदस्यमा गठबन्धनबाट नेपाली काङ्ग्रेस कि पुष्पा परियारले नेकपा एमाले की सीता बिक सँग टक्कर गर्दै छिन् । यस्तै महिला सदस्यमा नेकपा एमाले कि सुशीला बिष्ट चन्द र गठबन्धनबाट राप्रपा कि विष्णा बस्नेत भिड्दै छन ।
यस अघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पुरै सेट जितेको थियो । वडा नम्बर १ अग्लुङ्गमा एमालेको पकट एरिया पनि मानिन्छ यद्यपि नेपाली काङ्ग्रेस र राप्रपाका कार्यकर्ता र नेता रहेको स्थान पनि हो । 

नेपाली काङ्ग्रेसका अध्यक्ष पदका उम्मेदवार सुशील चन्द विद्यार्थीकालमा नेवि संघ हुँदै अग्लुङ्गको सभापति भई समाजसेवामा खटिदै आएका थिए । अग्लुङ्गको समानुपातिक विकास र समृद्धको लागि आफुलाई विजय गराउन नेपाली काङग्रेसका सुशील चन्दले आग्रह गरेका छन भने यता नेकपा एमालेका उम्मेदवार प्रेम चन्दले पनि बाकी रहेका विकास निर्माणका कार्य पूरा गर्न र अग्लुङबासीको समृद्धिका लागि आफ्नो दोस्रो कार्यकालका लागि विजय गराउन आग्रह गरेका छन ।

आंकलन : स्थानिय तहको निर्वाचन २०७४ मा नेकपा एमालेले ५७५ भोटका साथ विजयी हासिल गरेको थियो । प्रतिद्वन्द्वीमा नेपाली काङ्ग्रेसले २५४ मत प्राप्त गरेको थियो । जसमा राप्रपाको २२६ मत र माओवादी केन्द्रको ९४ मत प्राप्त गरेका थिए । यहि अनुपात हेर्दा यस पालि जस्को जित हुन्छ निकै झिनो मत २/४ मतले जित हार हुने आंकलन गरिएको छ । टोटल १५०० मत मध्ये खसेको ११६० मत मध्ये  केही मत बदर भए भने अन्य मत सदर थिए । त्यसपटक तीन पार्टीको मत परिणाम जोड्दा एमालेले लिएको मत परिणाम सँग तुलना गर्दा १/२ मत तलमाथि थियो, यसको मतलब अहिलेको निर्वाचनमा पनि कुल मत २२०० मध्ये खसेको मतको ५०/५० हुने सम्भावना देखिन्छ, २/४ मतको अन्तरले हारजित हुने सम्भावना बलियो छ ।

यद्यपि यो एउटा आंकलन मात्र हो मत दान पश्चात् हुने मत गणनाले सहि बताउने नै छ । पार्टीलाई भन्दा पनि विकासप्रेमी व्यक्तिलाई हेरेर मतदान गरेर आफ्नो अमुल्य मतको सदुपयोग गरौँ ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

पात्रो

ताजा अपडेट

लग इन