बुटवल, गुल्मीको मदाने गाउँपालिका वार्ड नम्बर २ बाझकटेरीमा रहेको बाझकटेरी स्वास्थ्यचौकीमा विविध सामाग्री हस्तान्तरण गरिएको छ।
सुर्य नेपाल प्रा.लि को सहयोगमा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुवँरले बाझकटेरी स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद भुसाललाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थिए ।
सुर्य नेपाल प्रा.लि ले विगतमा पनि सहयोग गरेको र अहिले पनि बाझकटेरी स्वास्थ्यचौकीमा रहेको व्रथिन सेन्टरलाई थप व्यवस्थित गर्नको लागि ३ लाख चार हजार बराबरको विभिन्न सामग्री स्वास्थ्यचौकी सहयोग गरेको कुरा बाझकटेरी स्वास्थ्यचौकीका इन्चार्ज घन बहादुर थापा मगरले जानकारी दिएका छन् ।
स्वास्थ्यचौकीको सामग्रीमा १ थान ल्यापटप, १ थान प्रिन्टर, १ थान प्रोजेक्टर, १ थान टि.भि. ४ थान थ्री सिटर विरामी आराम बेन्च लगायतका सामाग्री दिएर स्वास्थ्य क्षेत्रमा धेरै सहज भएको भन्दै स्वास्थ्यचौकी इन्चार्ज मगरले सुर्य नेपाललाई धन्यवाद समेत व्यक्त गरेका छन् । यस्तै कार्यक्रममा बोल्ने सम्पुर्ण वक्ताहरुले विगतमा सहयोग गर्दै आएका विभिन्न सहयोगदाता सहित अहिले सहयोग गर्ने सुर्य नेपाल प्रा.लि लाई समेत धन्यवाद दिएका थिए ।