ई–नेपाल पोस्ट, आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका मदाने गाउँपालिका ७ का उम्मेदवार ओम बहादुर केसीले समाजले खोजेको र जनताले रोजेको काम गरेर देखाउने बताएका छन् । चुनावी अभियानको शिलसिलामा घरदैलो गरिरहेका केसीले जनताका आवश्यकता जनताकै सहभागीतामा निर्माण गरेर समुदायको आर्थिक समाजिक विकास गर्नुपर्नेमा जोड दिए ।
निर्माण व्यावसायको क्षेत्रमा लामो समय काम गरेको र काममा स्वच्छ छवि केसीले समुदायको विकासमा लामो समयदेखि काम गर्दे आएका छन् । तत्कालिन गाउँ पन्चायतको चुनावमा उप–प्रधान समेत बनेका केसी बहुदलीय व्यावस्था पछि वडा अध्यक्षको रुपमा रहेर काम गरेका थिए । केसीले खानेपानी, सडक लगायतका विभिन्न सामाजिक कार्य समितीको अध्यक्षको रुपमा रहेर काम पनि गरेका छ्न । साना बालबालिकादेखि ठुला युवा तथा बुढापाकाहरुसंगै सजिलै भिज्न सक्ने स्वभावका रहेका छन् । अहिले उनी गाउँका टोलटोलमा घरदैलो कार्यक्रममा तिब्रताका साथ लागेका छन ।
स्थानीय निर्वाचन सम्पन्न भए पश्च्यात जिल्लाको मदाने गाउपालीका वडा नं ७ मा सुशासनको विकास गर्दै भ्रष्टाचार मुक्त वडा बनाउने पहिलो प्राथमिकता रहेको केसीको भनाई छ ।