काठमाडौं, कोरोना महामारी पछि मुलुकमा पर्यटकहरुको आगमनमा उल्लेख्य सुधार हुन थालेको छ । अध्यागमन विभागको एक तथ्यांक अनुसार नेपालमा गत मे महिनामा ५३ हजार ६०८ जना पर्यटक नेपाल भित्रिएका थिए । यो अप्रिल महिनाको तुलनामा ४ हजार ७७६ जनाले कम हो । गत महिना नेपालमा ५८ हजार ३८४ जना पर्यटक नेपाल भित्रिए । अप्रिल महिनामा पर्वतारोहणमा आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । अब यो संख्या वर्षायाम सुरु हुन थालेपछि केही कम हुन थालेको छ ।
अध्यागमन विभागको एक तथ्यांक अनुसार सन् २०२२ को पहिलो ५ महिनामा नेपालमा १ लाख ९० हजार ७३९ जना पर्यटकहरु भित्रिएका छन् । कोभिड–१९ को महामारीको समयमा पर्यटकको आगमन झण्डै शून्यमा झरेको थियो । कोरोनाको संक्रमण दरमा निकै कमी आएसंगै नेपालमा पर्यटकहरुको आगमन सुधारोन्मुख अवस्थामा रहेको कुरा विभागले जनाएको छ ।
ने