गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

२०० मेगापिक्सल भएको फोन मोटोरोला फ्रन्टियर आउँदै

कठमाडौं, लामो समय टिक्ने ब्याट्री र सान्दार फिचरका साथमा मोटोरोलाले नयाँ स्माटफोन ल्याउने तयारी गरेको छ । यद्यपी, एक अनुमान अनुसार मोटोरोलाको फ्ल्यागसिप फ्रंटियर स्मार्टफोन यहि सालको जुलाईमा लन्च गरिने छ । २०० मेगापिक्सल क्यामरा भएको यो स्मार्टफोन र यस फोनका नयाँ फिचर्सको बारेमा यहाँ चर्चा गरिएको छ ।

क्यामरा २०० एमपिको हुनेछ मोटोरोला फ्रन्टियर

चीनले अपकमिङ फ्रन्टियर स्मार्टफोनको लन्चिङको पुष्टि गरेको छ । हालै जारी गरिएको एक टिजरमा यो फोनलाई लिएर भनिएको छ कि यसमा इमेजको क्वालिटी तथा एक्सपेरियन्स बढाउनको लागी २०० मेगापिक्सेलको क्यामरा लगाइएको छ । यो बाहेक अन्य कुरा भने कम्पनीले जानकारी गराएको छैन । यो फोनमा लगाइएको २०० मेगापिक्सेलको क्यामराको सेन्सर सामसुङले बनाएको हो ।

यो फोनमा ८ के भिडियो रेर्कडिङ गर्न सकिने छ । यो फोनको अगाडीको क्यामरा भने ६० मेगापिक्सेलको सेल्फी क्यामरा हुने छ । जसले ३० फ्रेम प्रतिसेकेण्डमा ८ के क्वालिटिको भिडियो रेर्कड गर्न सक्नेछ । मोटोरोला फ्रन्टियरमा स्नयापड्रेगन ८ जेनेरेसन १ चिपसेट रहेको छ ।


यो फोनको व्याट्रिलाई लिएर केही दिनअघि मात्र समाचार लिक भएको थियिो । जस अनुसार मोटोरोला फ्रन्टियरमा ४५०० एमएएच को ब्याट्रि रहनेछ । यो ब्याट्रिले वायर र वायरलेस दुबै चार्जिङ सपोर्ट गर्नेछ । वायर्ड चार्जिङ १२५ वाटको स्पीडमा हुनेछ भने वायरलेस चार्जिङ ३० वाट र ५० वाटको विचमा हुनेछ ।

मोटोरोला फ्रन्टियर स्फेसिफिकेसन्स
इलेक्ट्रोनिक बजारमा अहिले चलेको हल्ला अनुसार यो फोनमा ६.६७ इनचको पोलेड स्क्रीन रहेकोछ , जसले १४४ एचजेड डिस्प्ले रिफ्रेस रेट दिनेछ । यस फोनको रयाम तथा स्टोरेजको कुरा गर्ने हो भने यो २ भेरियन्टमा उपलब्ध हुन सक्नेछ । पहिलोमा ८ जिबि रयामका साथमा १२८ जिबि इन्टरनल स्टोरेज रहनेछ भने अर्कोमा १२ जिबि रयामका साथमा २५६ जिबि इन्टरनल स्टोरेज रहनेछ ।


यस फोनको मूल्यलाई लिएर भने कुनै खुलासा गरिएको छैन, यद्यपी, मोटोरोला फ्रन्टियरको मूल्य नेपाली रुपैयामा ६४ हजार रुपैयाँ सम्म पर्ने अनुमान गरिएको छ ।
दिनेश बास्तोला

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

पात्रो

ताजा अपडेट

लग इन