गुल्मी, गुल्मीको मदाने गाउँपालिका वार्ड नम्बर १ अग्लुङ्गको नेपानेमा मंगलबार बिहान चट्याङ्ग लागेर एक जना बालकको मृत्यु भएको छ । मदाने गाउँपालिका -१ का गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द्र विष्टको चट्याङ्ग लागेर मृत्यु भएको हो ।
आज बिहान करिव ४ बजे घरमा सुतिरहेको बेला एक्कासी चट्याङ्ग लागेर घाइते भएका विष्टको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।