इस्तानबुल, युरोपेली मुलुक टर्कीको नाम अब टर्किए हुने भएको छ । टर्कीले आफ्नो देशको नाम परिवर्तन गरि टर्किये राख्नको लागि गरेको संयुक्त राष्ट्र संघलाई अनुरोध गरेको थियो । यो नयाँ नाम अब स्वीकृत भएको छ।
समाचार अनुसार टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई आफ्नो मुलुकको नयाँ नाम टर्किए राख्नको लागी अनुरोध गर्दै एक पत्र पठाएका थियो उक्त पत्र प्राप्त हुनासाथ यस सम्बन्धमा निर्णय भएको कुरा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिककाले अन्तराष्ट्रीय सञ्चार माध्ययमहरुलाई बताएका छन ।
त्यस्तै टर्किका विदेशमन्त्री काभुसोग्लुले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका लागी नामको हिज्जेमा परिवर्तन गरिएको जनाएका छन् ।